काठमाडौं : साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। दिनभरको तीव्र उतारचढावका बाबजुद बजार बन्द हुँदा नेप्से परिसूचक सकारात्मक देखिएको हो।
नेप्से परिसूचक आज १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेर रोकिएको छ। आज बजार खुलेदेखि नै घटबढको क्रम जारी थियो। दिउँसो १:३० बजेसम्म बजार केही सुस्त देखिए पनि अन्तिम एक घण्टामा भने तीव्र वृद्धि देखिएको छ। बिहीबार कुल ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कुल १५३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १११ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ। आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडको रहेको छ, जसको मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै स्नो रिभर लिमिटेड १३.७१ प्रतिशत र एपोलो हाइड्रोपावर ११.०४ प्रतिशतले बढेका छन्। कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स २८ करोड ३३ लाख १९ हजार रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी आँखुखोला जलविद्युत्, रिडी हाइड्रोपावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फास्ट्रक्चर क्रमशः सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरू हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij