चितवन : जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति पुगेको भरतपुरस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा सेवाग्राहीका लागि खानेपानीको व्यवस्था गरिएको छ। साथै, परिसरभित्रको शौचालय पनि पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का निवर्तमान अध्यक्ष आरके शर्माले खानेपानी तथा शौचालय पुनर्निर्माणमा सहयोग गर्नुभएको हो। कार्यालय प्रमुख निरबहादुर दाहालले नयाँ संरचनाले सेवाग्राहीलाई सहज सेवा लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनपछि क्षति पुगेका सरकारी कार्यालयका पूर्वाधार दाताको सहयोगमा पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो। एनआरएनएका निवर्तमान अध्यक्ष शर्माले कार्यालय आउने सेवाग्राहीलाई खानेपानीको अभाव नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। जेनजी प्रदर्शनका क्रममा चितवनमा क्षति पुगेका केही सरकारी संरचनाको पुनर्निर्माण कार्य अझै जारी रहेको प्रशासनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij