Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्री शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्ने

काठमाडौं : विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन्।भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीले आज विहान ११ बजे भेटघाटको समय राखेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ। 

प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए। त्यसअघि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए।तर यी छलफलहरुमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको थिएन।

प्रधानमन्त्री बालेनले आज अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुलाई भेटघाटमा बोलाएका छन्।

नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा बजार अवस्थाले नेपाली चियाको व्यापार प्रभावित हुने गरेको छ।

प्रधानमन्त्रीसँगको आजको भेटमा यस विषयमासमेत छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट