Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’

सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’

पाेखरा :  घरगाउँमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्राण्डिङ र बजारीकरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले पिठो प्रशोधन, ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’ गरी बिक्रीवितरण सुरु गरेको हो ।

किसानले उत्पादन गरेको कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याइएको सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले बताए। जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत अनुदान सहयोगमा उपकरण पाएपछि सहकारीले ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’को काम सुरु गरेको उनको भनाइ छ ।

स्थानीय उत्पादनको बजारीकरणसँगै किसानलाई आयआर्जनसँग जोड्न पिठोलाई ब्राण्डिङ गरिएको अध्यक्ष पाध्याले बताए। सहकारीले फापरको पिठो प्रतिकिलो रु २६० र कोदोको पिठो प्रतिकिलो रु १६० निर्धारण गरेको छ ।

पहिलो चरणमा ५० किलो कच्चा पदार्थबाट पिठो उत्पादन, प्रशोधन र प्याकेजिङ सुरु गरिएको जनाइएको छ । उक्त काममा सहकारीका दुई कर्मचारीसहित पदाधिकारी र सदस्यसमेत आफैँ खटिने गरेका छन् । कोदो र फापर खेतीको अवस्था र बजार मागलाई हेरेर उत्पादनलाई थप वृद्धि गर्दै लैजाने योजना रहेको अध्यक्ष पाध्याले बताए ।

बजारमा आउने तयारी वस्तुको तुलनामा स्थानीय उत्पादनको लागत बढी हुनाले बजार व्यवस्थापन नै मुख्य चुनौतीका रूपमा रहेको उनको भनाइ छ । स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुने भएकाले स्थानीय उत्पादनतिर उपभोक्ताको आकर्षण बढ्ने सहकारीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट