Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फेसबुकमा प्राविधिक समस्या, डेक्स्टपबाट लगइन गर्न प्रयोगकर्ता असमर्थ

फेसबुकमा प्राविधिक समस्या, डेक्स्टपबाट लगइन गर्न प्रयोगकर्ता असमर्थ

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ । दिउँसो करिब १:३० बजेदेखि धेरै प्रयोगकर्ताले डेक्स्टप (कम्प्युटर) बाट फेसबुक खाता खोल्न समस्या भएको गुनासो गरेका छन् ।

प्रयोगकर्ताको स्क्रिनमा फेसबुक साइटमा प्राविधिक समस्या आएको र खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको सन्देश देखिएको छ । उक्त सन्देशमा केही समयपछि पुनः प्रयास गर्न आग्रह गर्दै समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख छ ।

मोबाइल एपबाट भने केही प्रयोगकर्ताले सेवा चलिरहेको बताएका छन् भने कतिपय प्रयोगकर्ताले विभिन्न समस्या भोगिरहेको जानकारी दिएका छन् ।

फेसबुकको मातृ कम्पनी मेटाले समाचार तयार पार्दासम्म देखिएको समस्याबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । समस्या के कारणले आएको हो र कहिलेसम्म समाधान हुन्छ भन्ने विषयमा पनि कम्पनीले स्पष्ट जानकारी दिएको छैन ।

यसअघि पनि मेटाअन्तर्गतका फेसबुक, इन्स्टाग्राम र मेसेन्जरलगायतका सेवामा बेला–बेला विश्वव्यापी रूपमा प्राविधिक समस्या देखिँदै आएका छन् ।

Screenshot 2026-07-19 134717.png
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट