काठमाडौँ : बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले यसको अद्यावधिक विवरण लिनुपर्ने भएको हो ।राष्ट्र बैंकको निर्देशन अनुसार आगामी असोज मसान्तभित्र इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्वघोषणा लिनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिई अद्यावधिक गर्नुपर्नेछ ।
तर, यस्तो परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा ६ महिना अर्थात् पुस मसान्तभित्र यस्तो परिचयपत्र नम्बर लिई अद्यावधिक गराउन जानकार दिनुपर्ने व्यवस्था गरिएको छ ।
यद्यपि १६ वर्षमुनिका बालबालिकाको खाता खोल्न भने यस्तो परिचयपत्र अनिवार्य नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij