Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘वान एक्सबेट’मार्फत अनलाइन जुवा खेलाउने दुई जना ठमेलबाट पक्राउ

‘वान एक्सबेट’मार्फत अनलाइन जुवा खेलाउने दुई जना ठमेलबाट पक्राउ

काठमाडौँ :  काठमाडौँको ठमेल क्षेत्रबाट अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न दुई जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौँका विभिन्न स्थानहरूमा अनलाइनमार्फत सट्टाबाजी खेल्ने र खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।


प्रहरीका अनुसार मङ्गलबार राति करिब १० बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नम्बर २६ स्थित ठमेलको नरसिंह चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ घर भई हाल ठमेल बस्ने ३३ वर्षीय उत्सव कटुवाल र सोही जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल ठमेल नै बस्ने ३० वर्षीय साजन तामाङ रहेका छन्।


प्रहरीले उनीहरूको खानतलासी तथा जाँच गर्दा साथबाट २ थान मोबाइल फोन बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूले ‘वान एक्सबेट’ लगायतका विभिन्न बेटिङ वेबसाइटहरू प्रयोग गरी ठुलो परिमाणमा रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


सट्टाबाजी गर्न र गराउन नहुने कसुर अन्तर्गत उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट