Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भक्तपुरमा १०० शय्याको अत्याधुनिक अस्पताल निर्माण सुरु, करिब २५० करोड लगानी हुने

भक्तपुरमा १०० शय्याको अत्याधुनिक अस्पताल निर्माण सुरु, करिब २५० करोड लगानी हुने

काठमाडौं : भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले आफ्नै ७ रोपनी जग्गामा हेलिप्याडसहितको ११ तले अत्याधुनिक अस्पताल भवन निर्माण सुरु गरेको छ। मध्यपुर थिमी–३ मा निर्माण भइरहेको भवनबाट एक वर्षभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष आरएस भण्डारीका अनुसार पहिलो चरणमा करिब १०० करोड रुपैयाँ लागतमा भवन निर्माण हुनेछ भने पूर्वाधार र सेवा विस्तारसहित दुई चरणमा झण्डै २५० करोड रुपैयाँ लगानी गरिनेछ। हाल १०० शय्याको अस्पताललाई आगामी तीन वर्षभित्र २०० शय्यामा विस्तार गर्ने योजना रहेको छ।

नयाँ भवन सञ्चालनमा आएपछि सुरुमा करिब ५०० जनाले रोजगारी पाउने र पूर्ण रूपमा विस्तार भएपछि १,२०० जनासम्म रोजगारी सिर्जना हुने अस्पतालको दाबी छ।

अस्पतालले मुटुरोग उपचारका लागि क्याथल्याब, ट्रमा सेवा, एनआईसीयू, डायलाइसिस, एमआरआई, सिटी स्क्यान, आईसीयू, शल्यक्रिया कक्ष तथा अन्य विशेषज्ञ सेवासहित अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ। हाल भाडाको भवनबाट सञ्चालनमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल १८ वर्षअघि मुनाल क्लिनिकका रूपमा स्थापना भएको थियो भने अहिले ह्याम्स समूहको व्यवस्थापनमा सेवा विस्तार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट