Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले वृद्धि भएको हो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट