Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रुसको मिसाइल र ड्रोन आक्रमणमा ८ जनाको मृत्यु, जेलेन्स्कीद्वारा हतियार आपूर्ति छिटो गर्न आग्रह

रुसको मिसाइल र ड्रोन आक्रमणमा ८ जनाको मृत्यु, जेलेन्स्कीद्वारा हतियार आपूर्ति छिटो गर्न आग्रह

किभ : रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। उत्तरी सुमी शहरमा बस स्टपमा खसेको ग्लाइड बमका कारण ५ जनाको ज्यान गएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। ओडेसामा भएको मिसाइल आक्रमणमा २ जनाको मृत्यु भएको छ भने जापोरिजियामा १० जना घाइते भएका छन्।

युक्रेनले शनिबार राति रुसका १११ वटा ड्रोन र कम्तीमा दुईवटा क्रुज मिसाइल खसालिएको जनाएको छ। तर, प्याट्रियट वायु प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्रको अभावका कारण ब्यालिस्टिक मिसाइल रोक्न कठिन भइरहेको युक्रेनको भनाइ छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई हतियार आपूर्ति छिटो गर्न आग्रह गर्दै अमेरिकासँग भएको प्याट्रियट इन्टरसेप्टर मिसाइल उत्पादनसम्बन्धी सहमति पनि शीघ्र कार्यान्वयन हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट