Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

पूर्व गृहसचिव पोखरेलको निधन

पूर्व गृहसचिव पोखरेलको निधन

काठमाडौं : पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ।

उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो। उनका १ छोरा र ३ छोरी छन्।

छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ।

जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन्। माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट