Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा मन्त्री गीता चौधरीको छड्के अनुगमन, किसानका समस्या तत्काल समाधान गर्न निर्देशन

चितवनमा मन्त्री गीता चौधरीको छड्के अनुगमन, किसानका समस्या तत्काल समाधान गर्न निर्देशन

चितवन : कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शनिबार चितवनका विभिन्न गाउँ तथा कृषि क्षेत्रको छड्के अनुगमन गर्दै किसानले मल, बीउ, विषादी तथा अन्य कृषि सामग्री सहज रूपमा पाए–नपाएको अवस्थाबारे स्थलगत जानकारी लिएकी छन्।

धान रोपाइँको मुख्य समयमा खेतबारीमै पुगेकी मन्त्री चौधरीले किसानसँग प्रत्यक्ष संवाद गर्दै मल–बीउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा मौसमी बालीको अवस्थाबारे जानकारी लिइन्। किसानबाट प्राप्त गुनासा र सुझाव सुनेपछि उनले सम्बन्धित सरकारी निकायका अधिकारीसँग टेलिफोनमार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिइन्।

अनुगमनका क्रममा मन्त्री चौधरीले बजारमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम मूल्यवृद्धि गर्ने गतिविधि भए मन्त्रालयको हटलाइनमा जानकारी गराउन किसान, उपभोक्ता तथा सर्वसाधारणलाई आग्रह गरिन्। उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने उनले स्पष्ट पारिन्।

मन्त्री चौधरीले किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको बताउँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक कृषि सामग्री समयमै उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र कृषि क्षेत्रका समस्या समाधानमा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट