Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गुणस्तर र सरसफाइको प्रतिबद्धतासहित भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

गुणस्तर र सरसफाइको प्रतिबद्धतासहित भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

भरतपुर : गुणस्तर, सरसफाइ र ग्राहकको विश्वासलाई केन्द्रमा राख्दै भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा आएको छ। संस्थाले अबका दिनमा खाद्य सुरक्षासम्बन्धी सबै मापदण्ड कडाइका साथ पालना गर्दै अझ गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

संस्थाका सञ्चालकका अनुसार विगतका अनुभवबाट आवश्यक सिकाइ लिँदै उत्पादन प्रक्रिया, भान्सा व्यवस्थापन, खाद्य गुणस्तर र सरसफाइका सम्पूर्ण पक्षलाई थप व्यवस्थित बनाइएको छ। ग्राहकको विश्वासलाई कायम राख्दै सेवा प्रवाहमा निरन्तर सुधार गर्ने लक्ष्यका साथ संस्था पुनः सञ्चालनमा आएको उनले बताए।

नारायणगढ, भरतपुर, परसा र हेटौंडाबाट सेवा प्रदान गर्दै आएको वैष्णव मिस्ठान्नले स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जनाएको छ। संस्थाले दैनिक रूपमा स्थानीय किसानहरूबाट हजारौँ लिटर दूध, ताजा तरकारी तथा अन्य कृषि उपज खरिद गर्दै आएको उल्लेख गर्दै यसले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्‍याएको जनाएको छ।

संस्थाका अनुसार वैष्णव मिस्ठान्नले प्रत्यक्ष रूपमा २५० भन्दा बढी व्यक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएको छ। स्थानीय उत्पादनको अधिकतम प्रयोग, रोजगारी सिर्जना, खाद्य सुरक्षाको पूर्ण पालना तथा गुणस्तरीय सेवामार्फत ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता संस्थाले दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट