Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ट्राफिक नियम उल्लङ्घन गर्ने १,८७९ चालक कारबाहीमा, १९ लाखभन्दा बढी राजस्व संकलन

ट्राफिक नियम उल्लङ्घन गर्ने १,८७९ चालक कारबाहीमा, १९ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८७९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम विपरीत कार्य गर्ने चालकहरूमाथि गरिएको कारबाहीमध्ये तीव्र गतिमा सवारीसाधन चलाएका १८९ जना र रातो बत्ती उल्लङ्घन गरेका १२६ जना रहेका छन्।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १३९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, सडक तथा फुटपाथमा सवारी पार्किङ गर्ने ८५ जना र एकतर्फी सडकमा सवारी चलाउने ५९ जना चालकलाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १५७ जना चालकसमेत कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले नियमित अनुगमन तथा चेकजाँचलाई प्रभावकारी बनाउँदै नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

उक्त कारबाहीबाट जरिवानास्वरूप १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व संकलन भई राज्यकोषमा दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। साथै, ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि सबै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट