चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री विक्रम पाण्डेले चितवनको भरतपुर महानगरपालिका–२३, बेलहद्रहीमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत सामग्री वितरण गर्नुभएको छ।
चितवन ३ का पूर्वसांसद समेत रहनुभएका पाण्डेले आफ्नो व्यक्तिगत सहयोगमा पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, ओछ्यान, डसना, ग्यास चुलो तथा सिलिन्डरलगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो।
पाण्डेले दु:खको घडीमा पीडित परिवारलाई केही राहत पुग्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरेको उल्लेख गर्नुभयो। उहाँले प्राकृतिक तथा वन्यजन्तुजन्य विपद्का कारण पीडामा परेका नागरिकलाई सबैले साथ दिनुपर्ने बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij