चितवन : लगानीकर्ता तथा सेयर बजारप्रति चासो राख्नेहरूका लागि खुसीको खबर आएको छ। इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०) ले आफ्नो नयाँ शाखा कार्यालय चितवनको भरतपुर हाईट होटल सिराईचुली अगाडी सञ्चालनमा आएको छ। उघोग बाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी,भरतपुर महानगर वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल र इन्दिरा सेक्युरिटिजका अध्यक्ष राकेश शिरिषले संयुक्त रूपमा रिवन काटेर उद्वघाटन गरेका थिए । चितवनमा तेश्रो शाखा विस्तार विभिन्नहरूलाई सहकार्य गरि सुरू गरेको हो ।
नयाँ शाखा सञ्चालनसँगै स्थानीय लगानीकर्ताहरूलाई पुँजी बजारमा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ। यस शाखाबाट सेवाग्राहीहरूले डिम्याट खाता खोल्न सक्नेछन् भने दोस्रो बजार (सेकेन्डरी ट्रेडिङ) मार्फत सेयर खरिद–बिक्रीसमेत गर्न सक्ने व्यवस्था गरिएको इन्दिरा सेक्युरिटिजका वोर्ड निर्देशक विष्णुकुमार गिरीले बताए ।
कम्पनीका अनुसार, यो शाखा स्थापना भए लगत्तै विभन्न क्षेत्रमा सेयर बजारसम्बन्धी सेवा विस्तार भएको छ । यसले स्थानीय लगानीकर्ताहरूलाई काठमाडौं धाउनुपर्ने झन्झट हटाउँदै आफ्नै क्षेत्रमा बसेर सेवा लिन सक्ने सुविधा प्रदान गर्नेछ।
सेयर बजारमा नयाँ प्रवेश गर्न चाहने तथा पहिलेदेखि नै सक्रिय लगानीकर्ताहरूका लागि यो शाखा महत्वपूर्ण केन्द्र बन्ने विश्वास गरिएको छ। काठमाडौंको सुन्धारबाट सुरू यो इन्दिरा सेक्युरिटिजको अहिले सम्म उपत्यक बाहिर ३ शाखा विस्तार गरेको छ । नेपालमा ९३ वटा ब्रोकर रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij