Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेकपा रत्ननगर नगर कमिटीको संयोजकमा ईश्वरराज अधिकारी, इन्चार्जमा राजु अम्गाई

नेकपा रत्ननगर नगर कमिटीको संयोजकमा ईश्वरराज अधिकारी, इन्चार्जमा राजु अम्गाई

 रत्ननगर : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटीको संयोजकमा ईश्वरराज अधिकारी चयन भएका छन्।

एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतापछि जिल्ला कमिटीले संगठन समायोजन तथा कार्यविभाजन गर्दै नयाँ जिम्मेवारी तोकेको हो। सो निर्णयअनुसार राजु अम्गाई (सुबोध) नगर इन्चार्जमा चयन भएका छन्।

त्यसैगरी, मेघनाथ पौडेललाई सहसंयोजकको जिम्मेवारी दिइएको छ भने बासु चापागाई, रामशरण कुम्बर, ईश्वरी लामिछाने र हरिकुमार श्रेष्ठलाई सहइन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ।

जिल्ला कमिटीले पार्टी समायोजनपछिको संगठनलाई थप प्रभावकारी, व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले नगर तहका नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij