चितवन : कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत दुईवटा सेवामूलक संस्थालाई सहयोग प्रदान गरेको छ। बैंकले तनहुँ जिल्ला देवघाटस्थित श्रीकृष्ण प्रणामी मन्दिर कृपा घाममा शुद्ध पिउने पानीको लागि डिप बोरिङ जडान कार्य तथा नवलपुर जिल्ला देवचुली–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई फिजियोथेरापी उपकरण उपलब्ध गराएको हो।
उक्त सहयोग बैंकका सञ्चालक सञ्जीव पौडेलको रोहबरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्तान्तरण गरेका थिए। कार्यक्रममा बागमती प्रदेश कार्यालय चितवनका निर्देशक रामप्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स विभागका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखा प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय चितवनका वरिष्ठ शाखा प्रमुख सुजन ढकाल र सन्देश दुङ्गेल लगायतका प्रतिनिधिहरू तथा दुवै संस्थाका अध्यक्षसहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, खानेपानी तथा सामुदायिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij