काठमाडौँ : कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यहरूको नवीकरण विवरण केन्द्रीय प्रणालीमा प्रविष्ट (इन्ट्री) गर्ने समयावधि थप गरेको छ।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो। यसअघि सदस्यता फाराम वितरण र अनलाइन प्रविष्टिको अन्तिम मिति असार २० गतेसम्म तोकिएको थियो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार वर्षायाम र सूचना पुर्याउन भन्दै म्याद थप गरिएको हो। वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रियाहरू पूरा गर्न बाँकी रहेको र नयाँ सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना पुर्याउने कार्य जारी रहेकाले समय थप गरिएको हो।
जिल्लाहरूमा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा समय थपिएको काङ्ग्रेसले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij