Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बुटवल पुगेर प्रचण्डले भने– सरकारका सय दिन पूर्णत असफल

बुटवल पुगेर प्रचण्डले भने– सरकारका सय दिन पूर्णत असफल

रुपन्देही : नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सय दिन उपलब्धीशून्य भएको बताएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल आएका उनले पत्रकारहरुसँग बोल्दै यस्तो बताएका हुन् । ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यसअर्थमा यो सरकारका सय दिन पूर्णत असफल भएको देख्छु म ।’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले नै बामएकताको कुरा कुनै नभएको तर सहकार्यको लागि समन्वय गरेको जनाएका छन् ।

बाम एकताको लागि तपाईले समन्वय गरेको कुरा छ नि भन्ने प्रश्नको जवाफमा उनले भने– ‘बाम एकताभन्दा पनि कांग्रेस–एमाले–लगायत सबैसँग सहकार्यको कुरा हो, अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौं ।’ नेता प्रचण्ड नेकपाका सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका शीर्ष नेताहरुसहित बुटटवलमा प्रदेशस्तरीय प्रशिक्षण तथा पार्टी एकतापछि पहिलो पटक शपथग्रहण कार्यक्रमका लागि बुटवलमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij