Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त

कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त

काठमाडौं : प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्नुभएको छ।

शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गर्नुभएको हो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. कृष्णदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ तथा कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेल नियुक्त हुनुभएको हो।

सरकारले विश्वविद्यालयहरूमा नेतृत्व रिक्तता अन्त्य गर्दै शैक्षिक प्रशासनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यसहित नयाँ उपकुलपतिहरू नियुक्त गरेको जनाएको छ।

नवनियुक्त उपकुलपतिहरूले सम्बन्धित विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, सुशासन र संस्थागत सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट