चितवन : लियो–लायन्स क्लब अफ चितवन युवाले लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति घोषणा गर्दै प्रथम साधारण सभा सम्पन्न गरेको छ। भरतपुर–१० स्थित बगान रेस्टुरेन्ट एण्ड लाउन्ज (चिया पोइन्ट)मा आयोजित कार्यक्रम क्लबका अध्यक्ष लियो–लायन विकास पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा लियो डिस्ट्रिक्ट काउन्सिल अध्यक्ष लियो–लायन गौरव उपाध्याय तथा प्रमुख क्लब सल्लाहकार लियो–लायन पुरुषोत्तम सुवेदीको विशेष उपस्थिति रहेको थियो।
उहाँहरूले युवालाई नेतृत्व, अनुशासन र समाजसेवाको भावनासहित अघि बढ्न प्रेरित गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। घोषित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा लियो–लायन गीता शर्मा (अञ्जिला), द्वितीय उपाध्यक्षमा लियो–लायन विनोद श्रेष्ठ, सचिवमा लियो–लायन प्रबल भुर्तेल, कोषाध्यक्षमा लियो–लायन साधिक्षा न्यौपाने, कार्यकारणी सचिव - लियो - लायन हवन ढकाल ,सहसचिवमा लियो–लायन प्रज्ञा लामटाङ, मेम्बरसिप चिएरपर्सन:- लियो लायन सन्ध्या शर्मा ,सदस्यता संयोजकमा लियो–लायन सन्ध्या शर्मा, सहकोषाध्यक्षमा लियो–लायन रामानुज घिमिरे, जनसम्पर्क अधिकृतमा लियो–लायन सबिना कँडेल, टेल ट्विस्टरमा लियो–लायन आयशा सापकोटा, टेमरमा लियो–लायन रमेश गौतम तथा निर्देशकमा लियो–लायन कृष्ण क्षेत्री र लियो–लायन तेज कुँवर चयन हुनुभएको छ।
कार्यक्रममा क्लबले युवाहरूलाई सामाजिक सेवामा सक्रिय सहभागिता गराउने, नेतृत्व विकासलाई प्राथमिकता दिने तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र जनचेतनामूलक अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “Service First, Mark Forever” भन्ने मूल नारालाई आत्मसात गर्दै क्लबले समुदायमा सकारात्मक परिवर्तनको अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij