Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बाँकेमा एम्बुलेन्स दुर्घटना, चालकसहित चार जना घाइते

बाँकेमा एम्बुलेन्स दुर्घटना, चालकसहित चार जना घाइते

बाँके : बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तीसारस्थित रत्न राजमार्गमा मंगलबार अपराह्न एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

रुकुमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे. १ झ. ३६५ नम्बरको एम्बुलेन्स विपरीत दिशाबाट आएको सवारीसाधनलाई साइड दिने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का २४ वर्षीय चालक दिपेश ढकाल, चौरजहारी–१० का २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्।

घाइते चारै जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट