Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गैंडाकोटकी २८ वर्षीया सन्तोषी श्रेष्ठ दुई दिनदेखि बेपत्ता, देवघाट क्षेत्रमा स्कुटर फेला

गैंडाकोटकी २८ वर्षीया सन्तोषी श्रेष्ठ दुई दिनदेखि बेपत्ता, देवघाट क्षेत्रमा स्कुटर फेला

नवलपुर  : नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत दुई दिनदेखि बेपत्ता भएकी छन्।

असार १४ गते साँझ करिब ८ बजे आफ्नै स्कुटर लिएर घरबाट निस्किएकी श्रेष्ठ त्यसयता सम्पर्कविहीन भएको परिवारले जनाएको छ। खोजीका क्रममा उनले प्रयोग गरेको बा.प्र.०६-००१ प १४९९ नम्बरको स्कुटर तनहुँ र चितवनको सिमाना क्षेत्रमा पर्ने देवघाटस्थित हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको हो।

स्कुटर फेला परे पनि श्रेष्ठको हालसम्म कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ। देवघाट क्षेत्रमा स्कुटर भेटिएपछि प्रहरी र स्थानीयले सोही क्षेत्र आसपास खोजी कार्यलाई तीव्र बनाएका छन्। प्रहरीका अनुसार सम्भावित सबै स्थानमा खोजी जारी राखिएको छ। परिवारले पनि सन्तोषीको अवस्थाबारे जानकारी दिने सबैलाई नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर 9855059853 मा सम्पर्क गरी सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij