गोरखा : यस वर्ष मनकामना केवलकारमा भारतीय पर्यटकको सङ्ख्या ऐतिहासिक रूपमा वृद्धि भएको छ। दैनिक करिब ५ हजारसम्म भारतीय पर्यटक आफ्नै सवारीसाधनमा मनकामना दर्शनका लागि आउने गरेको मनकामना केवलकारले जनाएको छ।
केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार यस वर्ष मात्रै साढे ३ लाखभन्दा बढी भारतीय पर्यटकले यात्रा गर्ने अनुमान गरिएको छ। भारतीय पर्यटकको आगमनले अफसिजन समयमा समेत व्यवसायलाई ठूलो सहयोग पुगेको उनले बताए। त्यसैगरी, जेठ महिनामा मात्र ४० हजार नेपाली पर्यटकले मनकामना केवलकार यात्रा गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। पर्यटक आगमनमा आएको वृद्धि पछिल्ला वर्षहरूमा सबैभन्दा उच्च रहेको कम्पनीले जनाएको छ।
श्रेष्ठका अनुसार सीमा नाकामा सहजीकरण, सहज यातायात व्यवस्था तथा सीमावर्ती क्षेत्रमा लक्षित पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्न सके अझ बढी भारतीय पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ। मनकामना केवलकारले भारतीय पर्यटकको बढ्दो आगमनलाई नेपालको धार्मिक तथा आन्तरिक पर्यटन विस्तारको सकारात्मक संकेतका रूपमा लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij