Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम गरिएको छ। यसअघि अघिल्लो दिन अर्थात् असार १४ गते सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ११० रुपैयाँ तोकिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij