चितवन : भरतपुर–११ स्थित आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत BHM र BITM चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै चितवनमा आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः स्थापित गरेको छ।
BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन्। नेबिका मैनालीले ३.८३ SGPA सहित दोस्रो तथा ङवाङ बामजान तामाङले ३.८० SGPA सहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन्।
त्यसैगरी BITM चौथो सेमेस्टरमा ओजस्वी आचार्यले ३.८३ SGPA सहित जिल्ला प्रथम बन्न सफल भएकी छन्। अङ्गिता अधिकारीले ३.८१ SGPA सहित दोस्रो तथा बिपल श्रेष्ठले ३.७४ SGPA सहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन्।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्।
होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको आरम्भ कलेजले छोटो समयमै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको सरोकारवालाहरूले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij