Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एमालेको नीति सही छ, एकताका लागि छलफल आवश्यक छैन : ओली

एमालेको नीति सही छ, एकताका लागि छलफल आवश्यक छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको नीति सही भएकाले कुनै पनि पार्टी एकताका लागि नीतिमा सम्झौता वा पुनः छलफल गर्ने पक्षमा एमाले नरहेको बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले राजनीतिक, आर्थिक, सामाजिकलगायत सबै क्षेत्रमा सही नीति अवलम्बन गरेको दाबी गरे। उनले पार्टीका सिद्धान्त र नीतिहरू समयअनुकूल रहेको उल्लेख गर्दै एकताका नाममा ती नीतिमाथि पुनः छलफल आवश्यक नभएको स्पष्ट पारे।

ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई समयअनुकूल परिमार्जन र विकास गर्दै अघि बढाइने पनि बताए। उनका अनुसार जबज स्थिर अवधारणा नभई समयको आवश्यकता अनुसार परिष्कृत हुँदै जाने मार्गदर्शक सिद्धान्त हो।

अध्यक्ष ओलीले एमालेको उद्देश्य केवल चुनाव जित्ने वा चुनावदेखि चुनावसम्मको राजनीतिक यात्रा मात्र नभई राष्ट्र निर्माण, समृद्धि र दीर्घकालीन विकासको लक्ष्य हासिल गर्नु रहेको बताए। उनले पार्टी आफ्ना सिद्धान्त, नीति र राष्ट्रिय हितप्रति दृढ रहँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट