Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

वामपन्थी र देशभक्त शक्तिलाई तत्काल एक हुन प्रचण्डको आह्वान

वामपन्थी र देशभक्त शक्तिलाई तत्काल एक हुन प्रचण्डको आह्वान

काठमाडौं : नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक उपलब्धिको संरक्षण तथा बाह्य दबाब र हस्तक्षेपको सामना गर्न वामपन्थी र देशभक्त शक्तिहरू तत्काल एक हुनुपर्ने बताएका छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै दाहालले राजनीतिक सहकार्य र एकतालाई अब थप ढिलाइ गर्न नहुने धारणा राखे। उनले ‘अहिल्यै, आजै सहकार्य गर्नुपर्छ’ भन्दै राष्ट्रिय हितका सवालमा समान सोच भएका शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। दाहालले देशले अहिले विभिन्न राजनीतिक चुनौतीसँगै वैदेशिक दबाब र हस्तक्षेपको सामना गरिरहेको उल्लेख गर्दै त्यस्ता चुनौतीको सामना गर्न वामपन्थी तथा देशभक्त शक्तिबीच साझा मोर्चा निर्माण आवश्यक रहेको बताए।

उनले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक व्यवस्था र जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न वैचारिक रूपमा निकट राजनीतिक दलहरूबीच सहकार्य र एकता अपरिहार्य भएको बताए। सहकार्यमा ढिलाइ गर्नु राजनीतिक रूपमा गल्ती हुने उनको भनाइ थियो। दाहालले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनीतिक दलहरूले साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै वर्तमान परिस्थितिले वामपन्थी एकताको आवश्यकता अझ बढी महसुस गराएको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij