Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर–४ मा नेपाली कम्युनिष्ट पार्टीको वडा समिति गठन, नरनारायण कडेंल अध्यक्ष

भरतपुर–४ मा नेपाली कम्युनिष्ट पार्टीको वडा समिति गठन, नरनारायण कडेंल अध्यक्ष

चितवन : नेपाली कम्युनिष्ट पार्टीले भरतपुर महानगरपालिका–४ मा वडा स्तरको संगठन विस्तार गर्दै नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न वडा भेलाले नरनारायण कडेंलको अध्यक्षतामा १६ सदस्यीय वडा कार्यसमिति तथा ११ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत गठन गरेको हो। बागमती प्रदेश समितिका सदस्य यदुमणि कडेंलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पार्टीका स्थानीय सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। भेलाले संगठनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरेको जनाइएको छ।

नवनिर्वाचित कार्यसमितिको सहइन्चार्जमा छमबहादुर कुँवर चयन भएका छन्। यस्तै उपाध्यक्षमा राजेन्द्र कडेंल र कृष्ण पौडेल, सचिवमा खिमलाल देवकोटा, सहसचिवमा श्रीराम तिवारी तथा कोषाध्यक्षमा महेश्वर पोखरेल निर्वाचित भएका छन्। सदस्यहरूमा गोपीनाथ कडेंल, बले कुमार श्रेष्ठ, विनोद दर्लामी, ब्रजराम थापा, विद्या आचार्य, माधव सापकोटा, बादल गुरुङ, हरेराम गिरी, सीता सुनार र प्रेम लामा रहेका छन्।

भेलाले टिकाराम सापकोटा (प्रकाश)को संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। समितिमा बाबुराम सापकोटा, बसन्त घिमिरे, बालकृष्ण तिवारी, बिमला थापा, शिवप्रसाद बराल, शिव लामिछाने, बलिभद्र कडेंल, विष्णु सुवेदी, आकाश गुरुङ र भुवानन्द खरेल सदस्य रहेका छन्।

कार्यक्रममा वक्ताहरूले वडा तहमा पार्टी संगठनलाई थप सक्रिय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। आगामी दिनमा जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै पार्टीको सांगठनिक विस्तारलाई तीव्रता दिने विश्वास समेत व्यक्त गरिएको थियो। भेला नवनिर्वाचित अध्यक्ष नरनारायण कडेंलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन टिकाराम सापकोटा (प्रकाश)ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij