Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ आज साँझ, ६:३० बजे समारोह

रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ आज साँझ, ६:३० बजे समारोह

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज साँझ सम्पन्न हुने भएको छ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएपछि नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न आज साँझ ६:३० बजे महाधिवेशनस्थलको सभाहलमा शपथ ग्रहण समारोह आयोजना गरिएको पार्टीको निर्वाचन समितिले जनाएको छ।

समारोहमा नवनिर्वाचित सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा सम्पूर्ण केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। शपथ ग्रहणसँगै रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij