Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्याङ्जामा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, १२ घाइते पोखरा रिफर

स्याङ्जामा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, १२ घाइते पोखरा रिफर

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित मिर्दि–चापाकोट सडकखण्डको लभ्लिडाँडामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको BAA ७९०५ नम्बरको डबल क्याप बोलेरो जिप बिहान करिब ११:२० बजे चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको थियो। जिपमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा वालिङ–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका क्रममा दिउँसो १ बजे प्राथमिक स्वास्थ्य केन्द्र वालिङले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको छ। प्रारम्भिक उपचारपछि सबै १२ घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। अन्य केही यात्रु सामान्य घाइते भएका छन्। जिप चालक २८ वर्षीय मीनबहादुर सारू सामान्य घाइते भएका छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij