Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान सुरु, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा कडा प्रतिस्पर्धा

रास्वपा महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान सुरु, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा कडा प्रतिस्पर्धा

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा दोस्रो चरणअन्तर्गत विभिन्न पदका लागि निर्वाचन भइरहेको हो। निर्वाचनमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ।

उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा रहेका छन्। त्यसैगरी महामन्त्री पदमा विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल बीच प्रतिस्पर्धा भइरहेको छ। सहमहामन्त्री (पुरुषतर्फ) का लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त उम्मेदवार बनेका छन्।

त्यसैगरी सहमहामन्त्री (महिला) पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा बीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन आयोगका अनुसार मतदान शान्तिपूर्ण वातावरणमा अघि बढिरहेको छ भने महाधिवेशनस्थलमा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij