चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीको निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त सहमहामन्त्री (खुला) पदका उम्मेदवार बनेका छन्।
प्रमुख निर्वाचन आयुक्त भुवन केसीका अनुसार सहमहामन्त्री (खुला) पदका लागि कुल ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। रास्वपाको विधानअनुसार सहमहामन्त्री (खुला)तर्फ दुई जना मात्र निर्वाचित हुने व्यवस्था रहेकाले यस पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। चितवनमा जारी महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दर्ता, अन्तिम नामावली प्रकाशन तथा निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij