चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ। सुरुआती चरणमा प्रदेशतर्फका केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक गरिएको हो।
सार्वजनिक मतपरिणामअनुसार कोशी प्रदेशतर्फ स्वास्थ्यमन्त्री तथा साविक केन्द्रीय सदस्य निशा मेहताले सर्वाधिक १८६१ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेकी छन्।
यसैगरी, विश्वराज पोखरेलले १४६० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने शोभा कार्कीले १२०४ मतसहित तेस्रो स्थान प्राप्त गरेकी छन्।
कोशी प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। रास्वपाको महाधिवेशनअन्तर्गत प्रदेशतर्फ पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। मतगणनाका अन्य नतिजा क्रमशः सार्वजनिक भइरहेका छन्।