चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक हुन थालेको छ। ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि भएको निर्वाचनमा ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना गरी कुल ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ। समावेशी समूहअन्तर्गत खस–आर्यबाट १० जना (५ पुरुष र ५ महिला), आदिवासी जनजातिबाट ९ जना (५ पुरुष र ४ महिला), मधेसी समूहबाट ८ जना (५ पुरुष र ३ महिला), दलित समूहबाट ४ जना (२ पुरुष र २ महिला) तथा मुस्लिम समूहबाट २ जना (१ पुरुष र १ महिला) निर्वाचित हुनेछन्।
मतगणना जारी रहेकाले विभिन्न समूह र प्रदेशतर्फका नतिजा क्रमशः सार्वजनिक भइरहेका छन्। महाधिवेशनबाट चयन हुने नयाँ केन्द्रीय समितिले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व र संगठनात्मक दिशा तय गर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij