चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। उनले २६५६ मत प्राप्त गर्दै सबै उम्मेदवारमध्ये पहिलो स्थान हासिल गरेका हुन्।
बिहीबार सम्पन्न मतदानको मतगणना अन्तर्गत सार्वजनिक अन्तिम नतिजामा वाग्लेले प्रवास समितिको सम्पूर्ण मत समेत प्राप्त गरेका थिए। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान भएको हो।
संशोधित विधानअनुसार रास्वपामा १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। जसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्। साथै सातै प्रदेशका सभापति पदेन सदस्यका रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij