Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको नयाँ नेतृत्व चयन आजै, पदाधिकारीका ६ पदका लागि राति सवा ९ बजेदेखि मतदान

रास्वपाको नयाँ नेतृत्व चयन आजै, पदाधिकारीका ६ पदका लागि राति सवा ९ बजेदेखि मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि आज राति सवा ९ बजेदेखि मतदान गर्ने भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साँझ ६ः३० देखि ७ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। त्यसपछि ७ः३० बजे प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने दाबी–विरोध तथा उजुरीका लागि राति ८ः१५ बजेसम्म समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली राति ८ः४५ बजे प्रकाशित गरिनेछ।

राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म मतदान सञ्चालन हुने र मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। पदाधिकारी निर्वाचनको अन्तिम मत परिणाम राति १ः३० बजे सार्वजनिक गर्ने कार्यसूची छ।

रास्वपाले दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी ६ पदका लागि निर्वाचन गर्न लागेको हो। पहिलो चरणमा केन्द्रीय सदस्यमा निर्वाचित भएकाहरूले मात्र पदाधिकारीमा उम्मेदवारी दिन पाउने व्यवस्था छ।

यसअघि बिहीबार बिहान ९९ केन्द्रीय सदस्य पदका लागि मतदान सम्पन्न भएको थियो।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij