Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन्। 

राष्ट्रपतिको कार्यालयका अनुसार उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सो विधेयक बिहीबार प्रमाणीकरण भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij