Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

धनगढीका होटल–लजमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा

धनगढीका होटल–लजमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा

धनगढी :  जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाभित्र रहेका विभिन्न होटल तथा लजमा छापा हानेका् छ । प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाको कमाण्डमा १७ सदस्यीय प्रहरी टोलीले धनगढीका विभिन्न होटल र लजमा छापा हानेको हो ।

जस क्रममा महिला र पुरुष गरी २४ जनालाई नियन्त्रणमा लिइएको छ । कैलाली प्रहरीका प्रवक्ता डीएसपी तिमिल्सिनाका अनुसार बुधबार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म धनगढीका विभिन्न होटल र लजमा आकस्मिक अनुगमन तथा चेकजाँच गरेको थियो । उनले विभिन्न होटलबाट ११ महिला र १३ पुरुषलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको बताए । हाल नियन्त्रणमा लिइएका व्यक्तिसँग सोधपुछ भइरहेको छ । पक्राउ पर्नेमा ७ जना भारतीय नागरिक पुरूष रहेको बताइएको छ ।

 पछिल्लो समय धनगढीका विभिन्न होटलमा यौनधन्दा चलिरहेको आरोप लाग्ने गरेको छ । सोही सूचनाको आधारमा बुधबार विशेष अभियान चलाइएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न होटलहरुमा छापा मारिएको थियो । जसमा महिला र पुरुष गरी ३० जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट