Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने

विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने

काठमाडौँ :  एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति भने प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने विभागका एक अधिकृतले  बताए। 

सुर्खेत प्रहरीबाट पक्राउ पछि काठमाडौँ ल्याएर उनलाई आजै म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जसअनुसार विशेष अदालत काठमाडौँले पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट