Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

श्रम संस्कृति पार्टी चितवनका प्रवक्ता शिव शर्माले पार्टी परित्याग गरे

श्रम संस्कृति पार्टी चितवनका प्रवक्ता शिव शर्माले पार्टी परित्याग गरे

चितवन :  श्रम संस्कृति पार्टी चितवनका जिल्ला प्रवक्ता शिव शर्माले पार्टीसँगको आफ्नो औपचारिक आबद्धता अन्त्य गरेका छन्। व्यक्तिगत शैक्षिक व्यस्तता, समय अभाव र केही विषयमा रहेको वैचारिक मतभिन्नताका कारण आफूले पार्टी छाड्ने निर्णय गरेको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्यमा शर्माले आफ्नो निर्णय कुनै असन्तुष्टि वा व्यक्तिगत गुनासोका कारण नभएको स्पष्ट पारेका छन्। उनले पार्टीसँगको यात्रा सिकाइपूर्ण रहेको उल्लेख गर्दै श्रम, उत्पादन, स्वाभिमान र भ्रष्टाचारविरोधी एजेन्डाप्रति आफ्नो समर्थन र सम्मान कायम रहने बताएका छन्।
शर्माले भविष्यमा देश र जनताको हितका साझा मुद्दामा सहकार्यको सम्भावना खुला रहेको उल्लेख गर्दै पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट