काठमाडौँ : विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।
विशेष अदालतका सदस्यत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी सात दिन थुनामा राख्न अनुमति दिएको हो।उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ।
पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई राति नै काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij