Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आफैं गाडी चलाएर रास्वपाको बन्दसत्रस्थल पुगे प्रधानमन्त्री बालेन शाह

आफैं गाडी चलाएर रास्वपाको बन्दसत्रस्थल पुगे प्रधानमन्त्री बालेन शाह

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह रास्वपाको जारी बन्दसत्रमा सहभागी हुन बन्दसत्रस्थल पुगेका छन्।

शाह केहीबेरअघि महाधिवेशनस्थल पुगेका हुन्। विशेष कुरा के छ भने उनी आफैं गाडी चलाएर बन्दसत्रस्थल पुगेका थिए। उनको आगमनसँगै बन्दसत्रस्थलमा उपस्थित प्रतिनिधि तथा कार्यकर्ताहरूको ध्यान उनीतर्फ केन्द्रित भएको थियो।

आज दिउँसो बन्दसत्र सुरु हुँदा भने शाह उपस्थित थिएनन्। बन्दसत्र प्रारम्भ भएपछि उनी पछि कार्यक्रमस्थल पुगेका हुन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। यसैबीच प्रधानमन्त्री शाहको उपस्थितिलाई प्रतिनिधिहरूले चासोका साथ हेरेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij