Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको प्रथम महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा

रास्वपाको प्रथम महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा

चितवन  : सत्ताको बागडोर सम्हालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनको बन्द शत्र अझै सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि चयन विवादले हिजै शुरु हुनुपर्ने बन्दशत्र अहिलेसम्म शुरु हुन सकेको छैन ।

वन्दशत्र आज मध्यान्ह बाट शुरु हुने बताइएको छ । अहिले परिचय पत्र वितरणको काम भईरहेको र यो काम सक्न कम्तीमा बिहान ११ बजेसम्म लाग्ने र त्यसपछि मध्यान्ह १२ बजे आसपासबाट बन्द शत्र सुरु हुने रास्वपाका नेताहरुले बताएका छन् । 


बन्दशत्र शुरु भए केन्द्रीय सदस्यका लागि आजै निर्वाचन हुने र भोलि सभापति सहितका अन्य पदाधिकारी चयन गर्ने तयारी रास्वपाको छ । सभापति, वरिष्ठ नेता, खुल्ला उपसभापति, मनोनित एक उपसभापति र मनोनित एक महामन्त्रीका रुपमा क्रमशस् रवि लामिछाने, बालेन शाह, स्वणिम वाग्ले, सुनिल लम्साल र भुपदेव शाह हुने गरी रवि( बालेनका बीचमा समझदारी बनिसकेको छ ।

निर्वाचनबाट आएको नयाँ कार्यसमितिपछि सभापतिमा निर्वाचित ब्यक्तिले ५१ जना केन्द्रीय समितिमा मनोनित गर्न पाउने गरी रास्वपाले विधान बनाएको छ । जसमध्येबाट रविले मनोनित उपसभापतिमा सुनिल लम्साल र मनोनित महामन्त्रीमा भुपदेवालाई मनोनित गर्ने छन् ।  बाँकी ४९ जना मनोनित हुनेमा पहिले नै नाम फाइनल गर्नुपर्ने अड्को रवि सामु थापिएपछि रास्वपा बन्दशत्र सुरु हुन नसक्नुको एउटा कारण रहेको नेताहरुको भनाइ छ ।

रविलाई सभापतिमा निर्वाचित भएपछि उनले गर्न पाउने मनोनित नामहरु पहिले नै तय गरिनुपर्ने र त्यसमा भदौं २३ र २४ को जेनजी आन्दोलनबाट उदाएका कतिपय नेता, घाइतेहरुलाई समेटन दववा परेको छ । यसरी दवाव बढाउनेमा गृहमन्त्री सुधन गुरुङ पनिरहेको बताइएको छ ।

सुधन, सुनिल लम्साल, प्रधानमन्त्री समेत रहेका बालेनका मुख्य सल्लाहकार कुमार बेन बीच महाधिवेशन पूर्व बेनको निवासमा गोप्य छलफल भएको थियो । त्यहाँ भएको छलफलका आधारमा मनोनितमा रविमाथी दवाव बढाउने र केन्द्रीय समितिमा सकभर आफु पक्षका नेताहरुको बाहुल्यता बढाउने योजना बनेको बताइन्छ । सोही आधारमा हिजो गृहमन्त्री गुरुङले मनोनित ब्यक्तिहरुका बारेमा टुंग्गो लाग्नुपर्ने धारणा राखेका थिए । 

‘मनोनित हुनेहरुको नाम टुग्गो लाग्यो भने कतिपय साथीहरु केन्द्रीय समितिमा चुनाव नलड्ने स्थिती बन्छ, त्यसैले मनोनित हुनेहरुको पहिला टुग्गो लगाउनु पर्छ,’ गुरुङले रवि बालेनका बीचमा राखेको प्रस्ताव सुनाउँदै एक नेताले सफलखबरसँग भने, ‘जेनजीकै साथीहरुलाई मनोनित गर्ने सिटबाट सुरक्षित गर्नुपर्ने आवाज र अडानमा केही नेताहरु लाग्नुभएको छ । यसले पनि सभापति दवावमा पर्नुभएको छ ।’

पार्टीमा विभिन्न् समुहबाट आएका र उनीहरुले सिधा चुनावमा प्रतिस्पर्धा गर्दा एकताको भाव नजाने र त्यसले समग्र पार्टीलाई हित नगर्ने भएकोले मनोनति कोटामा ल्याउनेहरुका बारेमा पहिले नै टुग्गो लगाउनु पर्ने मत उठेको नेताहरुको भनाई छ । 

तर रवि पक्षका सहमहामन्त्री विपिन आचार्यले भने निर्वाचित केन्द्रीय समिति भन्दा अगाडी नै यसलाई यसो गर्नुपर्छ भन्ने कुरा पार्टीमा नउठेको जिकिर गरे । मनोनयनको अधिकार सभापतिमा हुने उनले बताए।

‘सभापति निर्वाचित भइसकेपछि उहाँ ९रवि०लाई जुनसुकै बेला केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार विधानले दिएको छ,’ उनले भने, ‘कहिले गर्ने, उहाँकै योजना भयो। तर त्यो जानकारी निर्वाचित केन्द्रीय समितिलाई दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट