Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनको बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरणपछि सुरु हुने

रास्वपा महाधिवेशनको बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरणपछि सुरु हुने

चितवन :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज आयोजना हुने भएको छ । प्राविधिक कारणले एक दिन पछि सारिएको बन्दसत्रअघि बिहान ७ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ ।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार प्रदेशबाट प्राप्त प्रतिनिधिको नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइको कार्य समयमै सम्पन्न हुन नसकेकाले बन्दसत्र सोमबार हुन नसकेको हो । परिचयपत्र वितरण सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यतालिकाअनुसार बन्दसत्र सञ्चालन गरिने जनाइएको छ ।

बन्दसत्रमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमाल ले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारी को आर्थिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटी को सङ्गठनात्मक प्रतिवेदन तथा विधानमाथि छलफल र अनुमोदनको कार्यक्रम रहेको छ ।

त्यसपछि पार्टी सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदनपछि अन्तरिम व्यवस्थापन समिति विघटन तथा सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बन्दसत्र सम्पन्न भएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र कार्यतालिका सार्वजनिक गर्नेछ । आइतबार चितवनको गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट