Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ललिता निवास प्रकरणसँग जोडिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

ललिता निवास प्रकरणसँग जोडिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पौडेललाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका उनलाई त्यहीँबाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।

प्रहरीका अनुसार पौडेललाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ। उनीमाथि ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

यस विषयमा विभाग र एमाले नेतृत्वले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्। पक्राउपछि राजनीतिक वृत्तमा यस घटनाले व्यापक चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij