जनकपुरधाम : मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार प्राविधिक प्रहरी समूह (सञ्चार) तर्फ हवल्दारबाट वरिष्ठ हवल्दार पदमा बढुवा भएका अनन्त गुर्मछान, सहायक हवल्दारबाट हवल्दार पदमा बढुवा भएका डेकेन्द्र साह तथा सवारीतर्फ प्रहरी जवानबाट सहायक हवल्दार पदमा बढुवा भएका कल्याणबाबु यादवलाई डिआईजी अधिकारीले दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन्।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु प्रसाद ढकाल, एसपी भेषराज रिजाल, डिएसपीहरू, प्रहरी निरीक्षकहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी अधिकारीले बढुवा भएका प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले पदोन्नतिसँगै थप जिम्मेवार, व्यावसायिक, इमानदार र सक्रिय भएर संगठन, राज्य तथा जनताप्रति उत्तरदायी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij