Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनः कार्ड वितरण धमाधम, बन्दसत्रको प्रतीक्षा

रास्वपा महाधिवेशनः कार्ड वितरण धमाधम, बन्दसत्रको प्रतीक्षा

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुने तयारी अन्तिम चरणमा पुगेको छ। बन्दसत्रमा सहभागी हुने प्रतिनिधिहरूका लागि परिचयपत्र वितरण कार्य जारी रहेको पार्टीले जनाएको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधिहरूको नाम रुजु गर्दै परिचयपत्र वितरण गरिरहेको छ। परिचयपत्र वितरण सम्पन्न भएलगत्तै बन्दसत्र सुरु गरिने तयारी रहेको नेताहरूले बताएका छन्। प्रतिनिधिहरू बन्दसत्रको प्रतीक्षामा महाधिवेशन स्थलमा उपस्थित छन्।

बन्दसत्रमा पार्टीका विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ। ती प्रतिवेदनमाथि छलफल गरी पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नेछ। यसअघि नै निर्वाचन आयोगले नेतृत्व चयनसम्बन्धी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट