Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हिमालय दण्डपाणि न्यौपाने माविको उत्कृष्ट नतीजा, कक्षा १२ को परिक्षामा ९३.९३ प्रतिशत विद्यार्थी उतिर्ण

हिमालय दण्डपाणि न्यौपाने माविको उत्कृष्ट नतीजा, कक्षा १२ को परिक्षामा ९३.९३ प्रतिशत विद्यार्थी उतिर्ण

चितवन : भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले राष्ट्रिय परिक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परिक्षाफलमा ९३.९३ % विद्यार्थीलाई उतिर्ण गराउन सफल भएको छ ।

विद्यालयमा सहायक प्रधानाध्यापक मित्रलाल पौडेलका अनुसार विद्यालयको अहिले शौक्षिक सत्रमा विद्यालयको इतिहासमा पहिलो पटक सर्वोत्कृष्ट परिणाम आएको बताए ।

 

भरतपुर महानगरको नमुना उन्मुख विद्यालय हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयमा कर्तव्यनिष्ठ शिक्षक, विद्यालय प्रशासन एवम् विद्यालय व्यवस्थापन समिति सबैको अथक मेहनतबाट यो सफलता सम्भाव भएको विद्यालयमा प्रधानाध्यापक सुनिल सिटौलाले बताए । एस.ई.ई परिक्षामा समेत विद्यालय चितवन जिल्लामा चौथो उत्कृष्ट नजिता ल्याउने विद्यालय बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट